कालिका बहुमुखी क्याम्पसको का.बा. अध्यक्षमा किरण केसी

पोखरा । पोखरा महानगरपालिका वडा नं . १४ काजिपोखरीस्थित कालिका बहुमुखी क्याम्पसको कार्यबाहक अध्यक्षको जिम्मेबारी युवा उद्यमी किरण केसी सम्हालेका छन् । सञ्चालक समितिका अध्यक्ष प्रेम कुमारी केसीले आफ्नो घरायसी व्यस्तता जनाउँदै अध्यक्षको जिम्मेबारी हस्तान्तरण गर्न चाहे पछि बिहीबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई उपाध्यक्ष सहित कार्यबाहक अध्यक्षको जिम्मेबारी दिने निर्णय गरेको हो ।

केसी ग्रुपका निर्देशक युवा उद्यमी केसी पोखराका उद्योगी तथा व्यवसायी स्व. सूर्यबहादूर केसीका माहिला छोरा हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद रहेका सूर्यबहादूर केसीको निधन पछि छोरा किरण केसीले आफ्नै बावुको पथ पछ्याउदै राजनीति र समाजसेवा हात हालेका छन् ।

क्याम्पस सञ्चालक समितिको बैठकले समितिका सदस्य बोध बहादूर कार्कीलाई सञ्चालक समितिको उपाध्यक्षको जिम्मेबारी प्रदान गरेको छ । बैठकले क्याम्पसको विकासको लागि विभिन्न निर्णय भएको क्याम्पस प्रमुख रबीन्द्र नाथ बास्तोलाले जानकारी दिए ।

footwear zone

र यो पनि,

अक्सिजन प्लान्टलाई केसी ग्रुपबाट २५ लाख सहयोग

You might also like

Comments are closed.