किर्तिपुरलाई नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता

काठमाडौं । किर्तिपुर नगरपालिकाका मेयरका उम्मेदवार राजकुमार नकर्मीले आगामी पाँच वर्षभित्रमा नगरपालिकालाई नेपालकै नमूना पर्यटकीय नगरीका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सम्बन्धमा किर्तिपुरवासीका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गर्दै नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा कक्षा १२ सम्म अत्यन्त न्यून शुल्कमा शिक्षाको प्रबन्ध गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका नकर्मीले भने, “म उम्मेदवार बन्दै गर्दा किर्तिपुर नगरपालिकाका सबै वडामा स्वास्थ्य, खानेपानीका लागि ‘एक घर एक धारा’ को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

footwear zone

देशका विभिन्न स्थानीय तहमा कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत राजनीतिक दलहरुबीच गठबन्धन भए पनि किर्तिपुरमा कांग्रेस र जनता समाजवादी पार्टीको संयुक्त उम्मेदरवार तथा अन्य पार्टीले भने एक्ला–एक्लै उम्मेदवारी दिएका छन् ।

कांग्रेस र जसपा संयक्तु प्यानलका उपप्रमुखका उम्मेदवार शुभलक्ष्मी शाक्यले नगरपालिकाभित्र सञ्चालित किर्तिपुर अस्पताल र विष्णुदेवी अस्पतालको सतरोन्नती तथा त्रिभुवन विश्वविद्यालय हाताभित्र सञ्चालित आयुर्वेद अस्पतालमा विशेष छुट को व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिबद्धता पत्रमा भनिएको छ, “प्रत्येक वडामा सम्भव भएसम्म खेल मैदान वा कभर्ड हलके निर्माणमा विशेष पहल गर्नुका साथै नगरक्षेत्रमा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीको पहिचान गरी उनीहरुको प्रोत्साहनका लागि उच्च सम्मान गर्ने व्यवस्था मिलाइनेछ ।”

You might also like

Comments are closed.