बैदेशिक रोजगारीका समस्या एकमुष्ट समाधान हुन्छ : श्रममन्त्री श्रेष्ठ

नवलपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्याहरुको एकमुष्ट समाधानको प्रयास भइरहेको बताएका छन् । नवरपुरको डण्डामा बिहीबार नेकपा (एकीकृत समाजवादी) को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले बैदेशिक रोजगारीमा देखिएका समस्या, नेपाली श्रमिकले भोग्नुपरेका कठिनाइ र त्यसलाई समाधानका लागि पहल गरिएको भन्दै केही समयभित्रै परिणाम देखिने बताए ।

आन्तरिक तथा वैदेशिक रोजगारका समस्या र चुनौतीहरूको सम्बोधनका लागि मन्त्रालयले कार्यदल बनाएको चर्चा गर्दै उनले विद्यमान समस्याहरुको प्याकेजमै समाधान गरिने बताए ।

आफु श्रम क्षेत्र सुधारका लागि केन्द्रित रहेको मन्त्री श्रेष्ठको भनाइ छ । आफ्नो कार्यकालमा श्रमिकको हितअनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवं सामाजिक सुरक्षालगायत श्रम अधिकार सुनिश्चित गरिने उनले बताए ।

footwear zone

सीप विकाससँग सम्बन्धित तालिमहरू अव एकीकृत संरचनामार्फत संचालन गर्न तयारी सुरु गरिएको पनि उनले जानकारी दिए । साथै उनले गण्डकी प्रदेशको पुर्वाधार विकासका लागि विभिन्न निकायसँग समन्वय गरि आफुले काम गरिरहेको बताए ।

You might also like

Comments are closed.