चिकित्सकले प्रोत्साहन भत्ता नपाएकामा श्रममन्त्रीको चासो

 

दमौली । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले दमौली अस्पतालका चिकित्सकले प्रोत्साहनभत्ता नपाएका विषयमा चासो व्यक्त गरेका छन् ।

राष्ट्रिय समाचार समिति (रासस)बाट चिकित्सकले तलबभत्ता नपाएको समाचार सम्प्रेषण भएपछि उनले सो चासो व्यक्त गरेका हुन् । “अग्रपङ्क्तिमा खटिएका चिकित्सकले समयमै तलबभत्ता नपाउनु दुःखद् हो । सम्बन्धित निकायबाट विस्तृतरूपमा जानकारी पाएपछि मैले गर्नुपर्ने सबै सहयोग गर्छु ।”उनले भने ।

footwear zone

दमौली अस्पतालमा कार्यरत चिकित्सकले विसं २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाएका छैनन् । अस्पतालमा कार्यरत डा आस्था रेग्मी, डा राजु रानामगर, डा दिवस ढकाल, डा सुनयन सुवेदी, डा सिन्चन पाण्डे, डा पूजा सैँजु, डा प्रशन्न कार्की, डा अभिनन्दन तिवारी, डा सञ्जीव भण्डारी, डा कृष्ण गिरी र डा सुशील विकले १८ महिनादेखि प्रोत्साहन भत्ता नपाएपछि गत शुक्रबार प्रजिअलाई ज्ञापनपत्र बुझाएका थिए । रासस

You might also like

Comments are closed.