श्रममन्त्री श्रेष्ठ र आईएलओ निर्देशक होवार्डबीच शिष्टाचार भेट

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल निर्देशक रिचार्ड होवार्डले आज शिष्टाचार भेट गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा भएको भेटमा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग नेपालको साझेदारी र सहकार्यका बिषयमा छलफल भएको थियो ।छलफलका क्रममा मन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय श्रम संगठनले नेपालको श्रम प्रशासनलाई ब्यवस्थित गराउन तथा दीगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयन तथा राष्ट्रिय प्रतिबेदन तयारीमा गरेको सहयोगको प्रशंसा गरे ।

मन्त्री श्रेष्ठले सबै स्थानीय तहलाई बालश्रममुक्त स्थानीय तह घोषणा गर्ने नेपाल सरकारको लक्ष्यमा आईएलओबाट समेत सहयोगको अपेक्षा गरिएको बताए। नेपालको संविधानले रोजगारीको हकलाई मौलिक हकको रुपमा राखेको र सबै श्रमिकलाई उचित श्रम अभ्यास गर्न पाउने गरी श्रमको हकको प्रत्याभुति गरेको स्मरण गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले मर्यादित श्रमको अवधारणा अनुरुप सबै श्रमिकको आधारभुत अधिकार सुनिश्चितता गर्न प्रतिवद्ध रहेको बताए । श्रम शक्तिलाई दक्ष र ब्यवसायिक बनाई स्वदेशमानै रोजगारी अभिबृद्धि गर्ने नीति सरकारले लिएको उनले बताए । मन्त्री श्रेष्ठले श्रमलाई सीप, सीपलाई रोजगारी, रोजगारीलाई उत्पादन र उत्पादनलाई बजारसँग आबद्ध गर्ने रणनीति सरकारले लिएको बताए ।

आईएलओरा विश्वब्यापी रुपमा स्थापित मापदण्ड अनुरुप श्रम प्रशासन सञ्चालन गर्न नेपाल प्रतिबद्ध रहेको पनि मन्त्री श्रेष्ठले बताए । श्रम प्रशासनलाई ब्यवस्थित गर्न आगामी दिनमा आईएलओसँग साझेदारी र सहकार्य गरिने श्रेष्ठले बताए । सो क्रममा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का नेपाल निर्देशक होवार्ड ले मन्त्री श्रेष्ठको सफल कार्यकालको शुभकामना दिनुहुँदै थप साझेदारी र सहकार्य गरिने विश्वास व्यक्त गरेका थिए ।

footwear zone

नेपाल सन् १९६६ मा संयुक्त राष्ट्र संघको बिशिष्टकृत सस्था अन्तराष्ट्रिय श्रम संगठनको सदस्य भएको थियो । अन्तराष्ट्रिय श्रम संगठनको प्राबिधिक सहयोगमा नेपालमा मर्यादित कामको लागि देशीय कार्यक्रम सन् २०१८ -२०२२ सञ्चालनमा रहेको छ ।

You might also like

Comments are closed.