कृषि मण्डीमा कोशेली घर

पोखरा । लेखनाथ उद्योग बाणिज्य संघले तालचोकको महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा महिला ब्यवसायीहरुले कृषिमा आधारीत घरेलु उत्पादनको कोशेली घर मंगलवार देखि संचालनमा आएको छ ।

लेखनाथ महिला व्यवसायीको कृषी फर्म नाम दिएको कोशेली घरमा स्थानीय स्तरमा उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि विक्रि केन्द्र स्थापना गरि पसल संचालनमा ल्याईएको हो ।

श्रीपञ्चमीको अवसर पारेर मंगलवार देखि सुरु भएको पसलको शुभारम्भ गर्दै प्राङ्गारीक खेती कृषी उद्यमी समुहकी अध्यक्ष मिना गुरुङले स्थानीय स्तरमा कृषीमा आधारीत उत्पादनलाई ब्यवस्थीत तरिकाले प्याकेजिङ गरेर बजारीकरण गर्ने हो भने महिलाहरुको आय आर्जनमा बृद्धि हुने र रोजगार पनि सृजना हुने विश्वास दिलाइन् ।

footwear zone

सोही अवसरमा पोखरा महानगरपालिका कृषि महासाखाका प्रमुख मनहर कडेरीयाले महिलाहरुको अग्रसरतामा कृषिलाई व्यवासयीक बनाउन यो योजना फलदायी भएकाले महासाखाको तर्फबाट सहयोग रहिरहने विश्वास दिलाए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले किसानहरुबाट उत्पादीत वस्तुको संकलन गरि सिधै किसानबाट उपभोक्ता सम्म पु¥याउने उदेश्यले कृषि उपज खरिद विक्री केन्द्र स्थापना गरेको जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिक सुपरजोन कास्कीका प्रमुख अजय अधिकारीले महिलाहरु आफनो घरयासी काममा मात्र होईन आफुलाई स्वरोजगारी बनाउन कृषिमा आधारीत उत्पादनको प्रवद्धनमा लाग्नु पर्ने सुझाव राखेका थिए ।

लेखनाथ उद्योग बाणिज्य संघ अन्तरगतको महिला परिचालन उप समितिका संयोजक मेनका श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी, समितिकी सल्लहकार तारा शर्मा ढकाल लगाएतले आर्थिक रुपान्त्रणका लागि महिलाहरु सामुहिक रुपमा अगाडी वढ्नुपर्ने आवस्कता रहेको विचार राखे ।

महिला परिचालन उप समितिकी सह संयोजक शान्ति खनालले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको संचालन सदस्य सचिव बुद्धिमाया मगरले गरेकी थिईन् । महिलाहरु मात्रको सामुहिक लगानीमा संचालीत पसलमा २५ जना उद्यमी महिलाहरुको संलग्नता रहेको छ ।

You might also like

Comments are closed.