कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत संचालन हुने कोरियन भाषा परीक्षा प्रभावकारी र विश्वसनीय रहेको बताएका छन् ।

ललितपुरको भैँसेपाटीमा संचालन भइरहेको कोरियन भाषा परीक्षाको निरीक्षण गर्न पुगेका मन्त्री श्रेष्ठले सरकारी तवरमा श्रमिक पठाउन संचालन हुने भाषा परीक्षा प्रणालीलाई वैज्ञानिक बनाउँदै लगेको भन्दै कोरियाको मानव संसाधन विकास विभाग (एचआरडी) को प्रशंसा गरे । ईपीएस परीक्षाको निष्पक्षताप्रति नेपालीहरुको गहिरो विश्वास रहेको मन्त्री श्रेष्ठले बताए।

वैदेशिक रोजगार विभाग अन्तर्गत (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा सञ्चालन गरिरहेको छ । कृषि तथा पशुपालन र उत्पादनमुलक समूहमा रोजगारीका लागि कोरिया जान ४४ हजार ८ सय ५३ युवाले आवेदन दिएका छन् ।

footwear zone

कृषि र पशुपालनत क्षेत्रमा जाने १० हजार ८ सय ५८ जना रहेका छन् । उत्पादनमुलक समूहमा ३३ हजार ९ सय ९५ जना छन् । कृषि तथा पशुपालनमा जाने १० हजार ८ सय ५८ जनामध्ये ६ हजार ५ सय ९७ जनाको परीक्षा अहिले भइरहेको छ, भने बाँकी ४ हजार २ सय ६१ जनाको आगामी असार १३ गतेबाट सुरु हुनेछ। अन्य परीक्षा पनि नियमित रुपमा संचालन हुने इपीएस कोरिया शाखाले जनाएको छ ।

सन् २००७ मा दुई देशका सरकारबीच श्रमका लागि नेपाली श्रमिक लैजाने सहमति भएको थियो। श्रमिकहरू जाने क्रम सन् २००८ बाट सुरु भएको थियो । कोरियामा नेपालीहरू उत्पादन र कृषि तथा पशुपालन गरी क्षेत्रमा कार्यरत छन् । सन् २०२० देखि रोकिएको रोजगार अनुमति प्रणाली (इपीएस) छिट्टै नवीकरण हुने समेत मन्त्री श्रेष्ठले बताए ।

You might also like

Comments are closed.