काठमाडौं-९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ विजयी

काठमाडौं । नेकपा (एमाले) का उम्मेदवार कृष्णगोपाल श्रेष्ठले एघार हजार नौ सय ५६ मत प्राप्त गरी काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट प्रतितिनिधिसभा सदस्यमा विजयी भएका छन् ।

उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई नौ सय ९५ मतले पछि पार्दै विजयी प्राप्त गरेका हुन् । पोखरेलले भने दश हजार नौ सय ६१ मत प्राप्त गरेका छन्।

उक्त निर्वाचन क्षेत्रमा ४४ हजार तीन सय ७९ मत खसेको थियो। मत गणनामा सुरुदेखि नै श्रेष्ठले अग्रता लिएका थिए। उक्त क्षेत्रबाट नेकपा (माओवादी केन्द्र) का कल्पना धमलाले भने ६ हजार चार सय दुई मत प्राप्त गरेकी छन् ।

footwear zone

उक्त क्षेत्रमा एक हजार आठ सय ६२ मत बदर भएको निर्वाचन अधिकृत पूजा खत्रीले जानकारी दिइन्। उक्त क्षेत्रमा १२ राजनीतिक दल र १० स्वतन्त्र उम्मेदवार तथा उम्मेदवारमध्ये १७ पुरुष र पाँच जना महिला थिए । त्यस क्षेत्रमा मतदाता सङ्ख्या ७२ हजार एक सय ७३ छन् ।

You might also like

Comments are closed.