८ महिनामा सल्यानबाट ५४ करोडको कृषिजन्य वस्तु निकासी

सल्यान । सल्यानबाट चालु आर्थिक वर्ष २०७८.७९ को दुई चौमासिकमा ५४ करोड बढीको कृषिजन्य वस्तु निकासी भएको छ। चालु आवको साउनदेखि फागुनसम्म विभिन्न १४ हजार १०७ मेट्रिकटन कृषिजन्य वस्तु निकासीबाट ५४ करोड ५१ लाख ४१ हजार रुपैयाँ जिल्लामा भित्रिएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

कार्यालयका अनुसार १ हजार ७५० मेट्रिकटन खाद्यान्न बाली निकासीबाट ५ करोड ६० लाख, ३ हजार ५८० मेट्रिकटन सुन्तला निकासीबाट २० करोड ४० लाख ६० हजार, ३ हजार ५० मेट्रिकटन तरकारी निकासीबाट १२ करोड ३५ लाख २५ हजार आम्दानी भएको छ।

त्यस्तै ४ हजार २८५ मेट्रिकटन अदुवा निकासीबाट ११ करोड ९९ लाख ८० हजार, १ हजार २ सय १८ मेट्रिकटन बेसारबाट २ करोड ६७ लाख ९६ हजार, ३.५ मेट्रिकटन महबाट ३५ लाख, १९० मेट्रिकटन आलुबाट ५७ लाख र ३१ मेट्रिकटन अन्य निकासीबाट ५५ लाख ८० हजार रुपैयाँ जिल्ला भित्रिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए।

footwear zone

चालु आर्थिक वर्षमा धान, मकैको उत्पादन घटेको बस्नेतको भनाइ छ। अधिक वर्षा हुँदा उत्पादनमा कमी आएको उनको भनाइ छ।

You might also like

Comments are closed.