काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण व्यक्तिले विशेष लाभ लिने बैंकको विश्वास छ ।






Comments are closed.