काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकहरुलाई डिजिटल माध्यम मार्फत सहज र सरल तरिकाले भुक्तानी प्रोत्साहन गर्नको लागि भदौं १९ गते आईतबारदेखि २४ गते शुक्रबारसम्म ‘KS Digital Week’ सार्वजनिक गरेको छ ।
नगद छोडौं, डिजिटल रोजौं कार्यक्रम अन्तर्गत यस ‘KS Digital Week’ मा कामना सेवा विकास बैंकका क्यूआर मर्चेन्टहरुले क्यूआर प्रयोग गरी पहिलो भुक्तानी लिएमा भुक्तानी रकमको अधिकतम रु. ५० वा १५ प्रतिशत बोनस बापत कामना सेवा बैंकमा रहेको आफ्नो खाता मार्फत प्राप्त गर्न सकिने छ । साथै बैंकका ग्राहकहरुले समेत डिजिटल कारोबारमा आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
आइएमई पे तथा खल्ती डिजिटल वालेटमा कामना सेवा विकास बैंक लिंक गरी एक सयसम्मको क्यास ब्याक लगायत अन्य थुप्रै छुट र आकर्षक उपहारहरु पनि प्राप्त गर्न सकिने छ । बैंकले यो योजना आफ्नो डिजिटल पार्टनर्स Fonepay, F1soft, NCHL, VISA, IME Pay / Khalti Digital Wallet संगको संयुक्त साझेदारीमा ल्याएको हो ।

बैंकले डिजिटल कारोबार लाई प्रबर्धन गर्ने उद्देश्यले यो योजना ल्याएको हो । साथै यस योजनाले नेपाल राष्ट्र बैंकले घोषणा गरेको “म्ष्नष्तब िएबथmभलत थ्भबच“ लाई टेवा पु¥याउने बैंकले विश्वास लिएको छ ।




Comments are closed.