कामना सेवा विकास बैंकद्वारा बाल दिवसमा सामाजिक उत्तरदायित्व कार्यक्रम

काठमाडौं ।कामना सेवा विकास बैंक लिमिटेडले राष्ट्रिय बाल दिवसमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना विभिन्न कार्य क्षेत्र वरिपरि रहेका विभिन्न बाल आश्रम/सामुदायिक विद्यालयहरुमा “Spreading Smiles” भन्ने नाराका साथ आवश्यक सामाग्रीहरु प्रदान गरी भदौं २९ गते राष्ट्रिय बाल दिवस मनाएको हो ।

बैंकले प्रदेश १ क्षेत्रबाट, हाम्रो बाल आश्रम दमक, मधेश प्रदेश क्षेत्रबाट अनाथालय सानोघर र Sarlahi Children Center, काठमाडौं क्षेत्रबाट नन्दी माध्यमिक विद्यालय, पोखरा क्षेत्रबाट Rainbow Children Home र जलजला बाल आश्रम, बुटवल क्षेत्रबाट मणिग्राम नमुना माध्यमिक विद्यालय, सत्य साई विद्या पिठ, राजेश्वरी आधारभूत विद्यालय, तनहुँ माध्यामिक विद्यालय, शुभान्सी आधारभूत कन्या विद्यालय, प्राथमिक विद्यालय, सुस्ता जनता आधारभूत विद्यालय,बिन्द्याबासिनी मिसुजु आधारभूत विद्यालय र बुटवल माध्यामिक विद्यालय, नारायणघाट क्षेत्रबाट साहारा घर र Rise Up Orphan Children Home,  पश्चिम क्षेत्रबाट सरस्वती प्राथमिक विद्यालय र केन्द्रीय कार्यालयबाट Blind Children Education Center मा आवश्यक खाद्य र पाठ्य सामाग्रीहरु प्रदान गरी राष्ट्रिय बाल दिवस मनाएको छ ।

footwear zone

यस प्रकारका सहयोगका साथै कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वका क्रियाकलापहरुलाई प्राथमिकतामा राखी आगामी दिनहरुमा समेत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

You might also like

Comments are closed.