काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना डेबिट तथा क्रेडिट कार्ड सेवाग्राहीलाई सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ सेवा प्रदान गर्ने हेतुले डेबिट तथा क्रेडिट कार्डमा E-Commerce सुविधा समावेश गरेको छ ।
कामना सेवा विकास बैंकका कार्ड सेवाग्राहीले अनलाईन मार्फत सामान सरिद गरी आफ्नो E-Commerce सक्रिय डेबिट वा क्रेडिट कार्ड मार्फत सजिलै भुक्तानी गर्न सक्नेछन् । बैंकले यही असोज १० गते सोमबारदेखि यो सुविधा लागू गरेको हो ।
बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले आफ्नो कार्ड मार्फत यो सुविधा लिन आफ्नो नजिकैको शाखामा गई सजिलै सुविधा सुचारु गराउन सक्नेछन् । साथै, बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुले चाडपर्वको अवसरमा E-Commerceसक्रिय कार्ड मार्फत Sastodeal मा अनलाईन किनमेल गर्दा २० प्रतिशत वा २ हजारसम्मको नगद छुटको लाभ लिन सक्नेछन् ।

बैंकले डिजिटल कारोबारलाई प्रबर्धन गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । साथै, आगामी दिनहरुमा समेत अन्य सेवा सुविधाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।





Comments are closed.