कामना सेवाद्वारा स्मार्टफोन विजेता घोषणा

काठमाडौं ।  कामना सेवा विकास बैंकले डिजिटल करोबार प्रबर्धन गर्ने उद्देश्यका साथ भाद्र १९ गतेदेखि २४ गतेसम्म केएस डिजिटल वीक संचालनमा ल्याएको थियो ।

उक्त सप्ताहमा डिजिटल करोबार प्रोत्साहन गर्नको लागि बैंकले आफ्ना ग्राहकहरुलाई विभिन्न अफरहरु उपलब्ध गराएको थियो । विभिन्न अफर मध्य, F1Soft सँगको साझेदारीमा संचालन गरेको अफर अन्तर्गत कामना सेवाका ग्राहकहरुले आफ्नो केएस आई मोबाइल एपमार्फत कुनैपनि तीन वटा फरक लेनदेन गरेका दुई जनाले स्मार्ट फोन प्राप्त गरी भाग्यशाली विजेता बन्न सफल  भएका  छन् ।

उक्त कारोबार गर्ने ग्राहकहरु बीच बैंकका नायब प्रमुख कार्यकारी अधिकृत बिनय दाहालद्वारा लकी ड्र गरी हेटौंडाका अजित बिडारी र वीरगंजका प्रफेक्ट सोलुसन सेन्टरलाई स्मार्ट फोनको विजेता घोषणा गरिएको थियो ।

footwear zone

उक्त स्मार्ट फोन बैंकले भाग्यशाली ग्राहकहरुलाई बैंकको सम्बन्धित शाखाका शाखा प्रमुखद्वारा उपहार हस्तान्तरण गरिएको थियो ।

 

You might also like

Comments are closed.