कामना सेवाको १६ औं वार्षिकोत्सव : पहिलो दिन बृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । कामना सेवा विकास बैंकको १६औँ बार्षिकोत्सवको पहिलो दिन बृहत रुपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।

बैंकको १६ औं वार्षिक उत्सवलाई साप्ताहिक रुपमा मनाउने लक्ष्य लिएसँगै देश व्यापि रुपमा सामाजिक कार्यक्रमहरु जस्तै सरसफाई तथा डस्तबीन वितरण कार्यक्रम, रक्तदान कार्यक्रम, निःशुल्क स्वास्थ्य सिविर, वित्तीय साक्षरता कार्यक्रम र Corporate futsal (Male/Female)का साथै जनचेतना सम्प्रेषण सम्बन्धी अन्य विभिन्न कार्यक्रमहरु आयोजना गर्ने लक्ष्य अनुरुप आज पहिलो दिन  देशै भरि छरिएर रहेका शाखाहरुबाट सातै प्रदेशको ३५ स्थानमा बृहत्त रुपमा वित्तीय साक्षरता कार्यक्रमका संचालन सम्पन्न  भएको छ ।

राष्ट्रिय स्तरको विकास बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको बैंक फलस्वरूप आजका मितिसम्म आइपुग्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी विकास बैंक बन्दै आज १६ औं वार्षिक उत्सव मनाउन सफल भएको छ ।

footwear zone

साथै यो समयसम्म अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबै माझ “प्रगतिको आधार कामना सेवासँग कारोबार” बन्न अतुलनिय योगदान दिने समस्त ग्राहकहरु, नियमनकारी निकायहरू, सेयरधनीहरू, कर्मचारीहरू लगायत सम्पूर्ण ग्राहकलाई बैंकले धन्यवाद व्यक्त गरेको छ ।

You might also like

Comments are closed.