कामना सेवा बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त 

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिनेश थकाली नियुक्त भएका छन् । बैंकको यहि वैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले थकालीलाई यहि वैशाख १४ गते आइतबार देखि लागु हुने गरी चार (४) वर्ष अवधिको लागि उक्त पदमा नियुक्ति गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

सांग्रिला डेभलपमेन्ट बैंकको म्यानेजमेन्ट ट्रेनी  हुंदै कामु. प्रमुख कार्यकारी अधिकृत समेत भएका थकाली सांग्रिला छोडेपछि प्रभु बैंकमा प्रमुख सञ्चालन अधिकृतको रुपमा प्रवेश गरेका थिए । त्यसपछि प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटलको प्रबन्ध निर्देशकमा नियुक्त भई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरी हाल पुनः प्रभु बैंकको नायव महाप्रबन्धक तथा चिफ विजनेश अफिसरको जिम्मेवारी समाल्दै आएका थकालीसँग करिव २२ वर्षको बैंकिङ अनुभव रहेको छ ।

चार्टर्ड एकाउन्टेन्ट थकालीले लण्डन स्कूल अफ इकोनोमिक्स लण्डन, विश्व बैंक वासिङ्गटन, एआइटी थाइल्याण्ड, फिच्ट लर्निङ्ग सिंगापुर लगायतका प्रतिष्ठित संस्थाहरुबाट बैंकिङ तथा व्यवस्थापन सम्बन्धी विभिन्न विधामा अध्ययन तथा तालिम लिनुका साथै त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका हुन् । उनि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघका पूर्व महासचिव समेत हुन् ।

footwear zone

 

You might also like

Comments are closed.