कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ स्कुलबीच सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र प्रारम्भ ड्राईभिङ स्कुलबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले काठमाडौंको बौद्ध र टुसालस्थित प्रारम्भ ड्राईभिङ स्कुलले प्रदान गर्ने ड्राईभिङ तालिम शुल्कमा आकर्षक छुट प्राप्त गर्नेछन् । ड्राईभिङ स्कुलले प्रदान गर्ने ड्राईभिङ तालिमहरुमा बैंकका ग्राहकले १२% सम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

footwear zone

You might also like

Comments are closed.