काठमाडौं । कामना सेवा विकास बैंकको बैशाख ३१ गतेका सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट चुक्ता पूँजीको ४.४१ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरे बमोजिम उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा असार ६ गते सूचीकृत भएको छ ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा ATM मार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।
साथै, बैंकलेABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।




Comments are closed.