कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बारबीच मर्चेन्ट सम्झौता 

काठमाडौं । कामना सेवा विकास बैंक र नेपाल हाउस रेस्टुरेन्ट एण्ड बार प्रा लि बीच आईतबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले बालुवाटार, काठमाडौं स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

footwear zone

You might also like

Comments are closed.