कामना सेवा विकास बैंक र सन सेक्युरिटिजबीच फाइभ इन वान सेवा सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले बुधबार नेपाल धितोपत्र बोर्ड (SEBON) बाट इजाजतप्राप्त ब्रोकर कम्पनी सन सेक्युरिटिज प्रा. लि. सँगको सम्झौता गरी फाइभ इन वान सेवा सार्वजनिक गरेको छ ।

यस सम्झौता पश्चात बैंकका ग्राहकले बचत खाता, डिम्याट(DMAT) खाता, सेयर ट्रेडिङ खाता (TMS),, सि आस्वा (C-ASBA) र मेरो सेयर एकै सेवा मार्फत प्राप्त गर्नसक्नेछन् ।

उक्त सेवा मार्फत् आफ्ना ग्राहकले सरल रुपमा सेयर कारोबार गर्न सहजहोस् भन्ने उद्देश्यले यस्ता सेवाहरु उपलब्ध गराएको हो ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा ATM मार्फत ग्राहकलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

footwear zone

साथै, बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

 

You might also like

Comments are closed.