कामना सेवाद्वारा चिल्ली बार, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउससँग मर्चेन्ट सम्झौता

पोखरा । कामना सेवा विकास बैंक र चिल्ली बार एण्ड रेस्टुरेन्ट, हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले पोखरा–०६, लेकसाइड स्थित चिल्ली बार एण्ड रेस्टुरेन्टमाले प्रदान गर्ने सेवा सुविधाहरुमा १२ प्रतिशत सम्म र हिमालयन ग्लोरी इन र हिमालयन गेस्ट हाउसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्णले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

footwear zone

You might also like

Comments are closed.