वार्षिकोत्सवको पूर्वसन्ध्यामा कामना सेवाद्वारा फुटसलसहित विभिन्न कार्यक्रम

काठमाडौं । कामना सेवा विकास बैंकले १६औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा विभिन्न कार्यक्रमहरु शनिबार सम्पन्न गरेको छ । जस अन्तर्गत कामना सेवा फुटसल कप सिजन ३ सम्पन्न भएको छ ।
पुरुष तर्फको खेलको फाइनल खेलमा गरिमा विकास बैंकले माछापुच्छ्रे  बैंकलाई २–१ ले हराउँदै उपाधि जितेको छ । महिलातर्फ फाइनल खेलमा माछापुछ्रे बैंकले आयोजक कामना सेवा विकास बैंकलाई २–० ले हराउदै उपाधि जितेको छ ।
footwear zone
कामना सेवा विकास बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष फुटसल कप आयोजना गर्दै आएको छ । बिजेता तथा उपबिजेता टिमलाई बैकको तर्फवाट ट्रफि, मेडल, प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, प्रमुख संचालन अधिकृत विकास ढुङ्गाना र एन्फा रेफ्रि नारायण अधिकारीले बिजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गरे ।
त्यस्तै, बैंकको बुटवल क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकका संचालक भिम प्रसाद तुलाचनको प्रमुख आतित्यथा र नेपाल रक्तदाता संघ, बुटवलका अध्यक्ष दया वहादुर सिलवालको आतित्यथामा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ७६ पिन्ट रगत संकलन भएको बैंकका बुटवल क्षेत्रका क्षेत्रीय प्रमुख खिमलाल भुषालले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न कार्यक्रम अन्तर्गत बैंकको कोशी प्रदेशले धरान उपमहानगरपालिकामा श्रमदान गरेको छ । धरान उपमहानगरपालिकाले कोकाह खोलादेखि धरानसम्म पानी ल्याई रिचार्ज गर्नको लागि निर्माण गर्न लागिएको रिचार्ज ट्याङ्की निर्माण कार्यको लागि श्रमदान गरिएको हो । श्रमदान कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको समेत उपस्थिति रहेको बैंकका कोशी प्रदेश प्रमुख मोहन दत्त खनालले जानकारी दिए ।
बैंकले आफ्नो स्थापनाको १७ औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गर्दैछ । बैंकले गत शुक्रबार देखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको छ । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।
You might also like

Comments are closed.