सामाजिक काममा अग्रणी कामना सेवा, प्रहरी कन्ट्रोल रुम सवलीकरण गरी हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरि १७ औं वर्षमा प्रवेश गरेको अवसरमा विभिन्न कार्यक्रम गरिरहेको छ । यसैक्रममा बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा रहेको प्रहरी कन्ट्रोल रुमको सवलीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

कन्ट्रोल रुमको सवलीकरण सम्पन्न गरि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक थापाले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत प्रहरी कन्ट्रोल रुमको सवलीकरण गरिदिएकोमा धन्यवाद ज्ञापन गरे । प्रहरी कन्ट्रोल रुमको सेवा समेत छिटो र छरितो हुन थालेको उनले जानकारी दिए ।

footwear zone

बैंकले स्थापनाको १७औं वार्षिकोत्सवको अवसरमा विभिन्न १७ वटा कार्यक्रम सहित सप्ताहव्यापी रुपमा कार्यक्रमहरु गरिरहेको छ । बैंकले गत शुक्रबारदेखि विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेको हो । आगामी बिहीबारसम्म बैंकले विभिन्न कार्यक्रमहरु गर्ने जनाएको छ ।

You might also like

Comments are closed.