कामना सेवा विकास बैंकको स्थानान्तरित शाखाको उद्घाटन

काठमाडौं । शुक्लागण्डकी नगरपालिकाको वडा नं. ८ ढोरफिर्दीमा रहेको कामना सेवा विकास बैंकको शाखा स्थानान्तरण भएको छ । शुक्लागण्डकी नगरपालिकास्थित वडा नं. ४ दुलेगौंडामा शाखा स्थानान्तरण गरी सेवा सुरु गरिएको बैंकले जनाएको छ ।

स्थानान्तरण भएको शाखाको आइतबार एक कार्यक्रमबीच बैंक सञ्चालक चतुराखर अधिकारी, देवकृष्ण काफ्ले र बलराम बरालले उद्घाटन गरेका छन् । ग्राहकको सेवा, सुविधा तथा मागलाई ध्यानमा राख्दै शाखा स्थानान्तरण गरिएको बैंकले जनाएको छ ।

बैंकले देशभर १ सय २९ वटा शाखा, १ विस्तारित शाखा, १ शाखारहित सेवा ७७ वटा एटिएमबाट सेवा प्रदान गर्दै आइरहेको छ ।

footwear zone

You might also like

Comments are closed.