काठमाडौं महानगरले खरिद गरेका ३ दमकल महानगरमा आइपुगे

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले खरिद गरेका ३ दमकलहरु काठमाडौं आइपुगेका छन् ।

महानगरले आगलागीको रोकथाम र क्षति कम गर्नका लागि पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु काठमाडौं महानगरमा आइपुगेका हुन् ।

महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ ।दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिवद्ध रहेको महानगर प्रमुख बालेन्द्र शाहले बताएका छन् ।साथै सबै नागरिकलाई सचेत हुन आग्रह समेत शाहले गरेका छन् ।

footwear zone

शाहले भनेका छन्, ”आगोको प्रयोगमा असाध्यै धेरै सावधानीको आवश्यकता जहाँसुकै र जहिलै हुन्छ । काठमाडौं जस्तो क्षेत्रहरु जहाँ आफ्नै संरचनागत खराबीहरुले गर्दा आगलागीको जोखिम उच्च र नियन्त्रणमा सिमितता छ, त्यस्ता क्षेत्रहरुमा आगलागीका बिषयमा झन् धेरै सचेत र होसियार हुनै पर्छ ।महानगरले आगलागीको रोकथाम र क्षति कम गर्न पहिलेदेखि कार्यहरु गर्दै आएको छ । सोही अनुरुप पुर्वमेयर विद्यासुन्दर शाक्यकै पालामा भएको दमकल खरिद प्रक्रिया अन्तर्गत ३ दमकलहरु महानगरमा आइपुगेका छन् । दमकलहरुको वैज्ञानिकतवरमा उच्चतम प्रयोग गरेर आगलागीबाट हुने क्षति कम गर्न महानगर प्रतिबद्ध छ ।तर सकेसम्म अग्नीदुर्घटना हुनै नदिनु सबै भन्दा उत्तम विकल्प हो । आगोको बिषयमा कहिलै पनि हेलचेक्राइँ नगरौँ । सावधान रहौँ । र, आफ्नो घर तथा कार्यालयमा उचित पुर्वतयारी गरौँ ।”

You might also like

Comments are closed.