काठमाडौं । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ ।
काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो ।
तीन लाख बढी मतदाता रहेको महानगरमा एक लाख ८९ हजार मत खसेको काठमाडौँ जिल्ला निर्वाचन अधिकृत प्रेमप्रसाद पौडेलले जानकारी दिए ।

स्थानीय निर्वाचनको मतदान शुक्रबार सम्पन्न भएको छ । अहिले शुक्रबार भएको मतदानको मतगणना धरै जसो ठाउँमा जारी रहेको छ ।




Comments are closed.