एनआरएनए युएईको सचिवमा कुमार श्रेष्ठको उम्मेदवारी

काठमाडौं । एनआरएनए युएई (नेपाल एसोशिएसन) २०२३-२०२५ को लागि सचिव पदका उम्मेदवार कुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । सिन्धुपाल्चोकका श्रेष्ठ अहिले दुबईमा व्यवसाय गरेर बसेका छन् ।

युएईमा ५ लाखभन्दा बढी नेपाली रोजगारीको शिलशिलामा छन् श्रेष्ठ उनीहरूका आफ्नै धेरै समस्या विद्यमान रहेको भन्दै त्यसलाई समाधानमा लाग्ने बताउँछन् उनी ।

‘मैले एनआरएनएमा रहेर आर्थिक पारदर्शिता र संस्थागत सुदृढीकरणलाई आफ्नो एजेण्डा बनाएको छु, म दुबईमा सन् २००८ देखि छु,’ उनले भने, ‘ट्याक्सी चालकको रूपमा यहाँ आएर मैले १२ वर्ष यसमा संलग्नतासँगै ५ हजारभन्दा बढी नेपाली ट्याक्सी चालकको हितमा काम गरेको थिएँ ।’

footwear zone

कोभिड महामारीको समयमा नेपाली श्रमिकको लागि समेत धेरै काम गरिएको स्मरण गर्छन् उनी । ‘म दुई वर्ष पब्लिक रिलेसनशिप अफिसरका रूपमा समेत काम गरेको कारण नेपाली श्रमिकलाई के समस्या पर्छ र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने कुरामा सहजीकरण गर्न सकिन्छ भन्ने कुरामा जानकार राख्छु,’ उनले भने ।

You might also like

Comments are closed.