कुमारी बैंक र होटेल शिरीषबीच छुट सम्झौता

सल्यान। कुमारी बैंक लि. र सल्यानको कपुरकोट नगरपालिका, वडा नम्बर ०३ मा रहेको होटेल शिरीषबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार कुमारी बैंकका ग्राहकलाई होटेल शिरीषबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गरिने भएको छ ।

पछिल्लो समय डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित हुँदै गएका छन् । बैंकले आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्न सहकार्यमार्फत होटेल शिरीषका विभिन्न सेवाहरुमा छुटको प्रावधान गरेको हो । बैंकका डेबिट÷क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी एक सय ९७ शाखा सञ्जाल, एक सय ९१ एटिएम, ४८ शाखारहित बैंकिङ इकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधाहरु दिँदै आएको छ ।

footwear zone

साथै आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

You might also like

Comments are closed.