के.एल.दुगड ग्रुपका प्रबन्ध निर्देशक दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित

 

काठमाडौं । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी एवम् उद्योग व्यवसायी कुमुद कुमार दुगडलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गरिने घोषणा भएको छ ।

देशको सामाजिक, आर्थिक लगायत मुलुकको समग्र औद्योगिक, व्यवसायिक क्षेत्रको विकासमा उनले पुर्‍याउँदै आएका योगदानको कदरस्वरुप संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनलाई “प्रबल जनसेवाश्री” पदकबाट विभूषित गरिने भएको हो ।

footwear zone

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायिकरण र औद्योगिकरण गर्नेतर्फ कृषकहरुलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्‍याउँदैउपभोक्ताहरुको स्वास्थ्य सुरक्षाको हक-हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदानपुर्‍याउँदै स्थानीय कच्चा –पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आएका छन् ।

 

You might also like

Comments are closed.