कुश्माको बन्जी प्रदेशकै गहना : मुख्यमन्त्री गुरुङ

 

पर्वत (कुश्मा) कालीगण्डकी खोंचमा पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने गरि बन्जीका लागि बनाइएको पुलको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिश्वकै अग्लो स्विङ र बिश्वकै दोश्रो अग्लो बन्जी सुरु हुनु प्रदेशकै गर्वको कुरा रहेको बताएका छन्।

द क्लिफ प्रालिले सुरु गरेको एड्भेन्चर गतिविधिले कुस्मा/बाग्लुङको मात्र नभै गण्डकी प्रदेशकै पर्यटकीय माहोल बडाएको गुरुङले बताए। ‘नेपाली लगानीकर्ता र नेपाली जनशक्तिले अन्तर्राष्ट्रिय स्तरको एड्भेन्चर सन्चालन भएको सुन्दा निकै खुसी लाग्यो’ पुर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री समेत रहेका गुरुङले द क्लिफ रिसोर्टमा पर्यटन ब्यवसयी संग बोल्दै भने ‘प्रदेश सरकार पनि पर्यटन प्रवर्द्धनमा लागीपरेको छ।

footwear zone

यहाँहरुको प्रयासमा होस्टेमा हैंसे गर्न हामी तयार छौँ।’ राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्न कुश्मा पुगेका गुरुङले अर्कोपटक अझै धेरै समय बिताउन आउने योजना बनाएको मुख्यमन्त्रीका प्रेस सम्योजक बिक्रम न्यौपानेले बताए। मुख्यमन्त्री गुरुङले पुलमा तस्बिरहरु खिची सामाजिक संजालमा समेत पोस्ट गरेका छन्।

You might also like

Comments are closed.