लुम्बिनी अटोमोबाइल्स एसोसिएसनमा भट्टराई, सम्पूर्ण कार्यसमिति सर्वसम्मत

बुटवल । लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा गणेशप्रसाद भट्टराई सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार बुटवलमा भएको प्रथम साधारणसभा तथा अधिवेशनबाट उनको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन भएको हो ।

एसोसिएसनको प्रथम उपाध्यक्षमा सन्तोष पाण्डे, संस्थागत उपाध्यक्षमा डम्बर शाहु, उपाध्यक्षमा विजयकुमार गुप्ता, महासचिवमा रोशन पाण्डे, सचिवमा रामप्रसाद बेल्वासे, कोषाध्यक्षमा कृष्ण भण्डारी र सहकोषाध्यक्षमा रविनसन श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यमा प्रवेश भट्टराई, नारायणप्रसाद पौडेल, रमेश श्रेष्ठ, धीरेन्द्रकुमार श्रेष्ठ, चिन्तामणि पाण्डे, तिलक पाण्डे, भुपाल राउत, राधाकृष्ण देउला र विकास पौडेल निर्वाचित भएको निर्वाचित समितिका संयोजक गोपाल प्रसाद पाण्डेले जानकारी दिए । निर्वाचन अधिकृतमा अधिवक्ता कृष्णप्रसाद पाण्डे रहेका थिए ।

footwear zone

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष कृष्णप्रसाद दुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । उक्त अवसरमा बोल्दै अध्यक्ष दुलालले संस्थालाई प्रदेशस्तरमा विस्तार गरेर देशभरका व्यवसायीलाई छाता संस्थामा समेट्न आफूहरु सक्रिय रहेको बताए ।

कार्यक्रममा नाडाका महासचिव सुनिल रिजाल, सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्र कुमार उप्रेती, सहकोषाध्यक्ष बिक्रम सिंहानिया लगायतको उपस्थिति रहेको थियो ।

You might also like

Comments are closed.