लगानीकर्ताहरु आज पनि माइतिघर मण्डलामा प्रदर्शनमा

काठमाडाैं । लगानीकर्ताहरु आज पनि माइतिघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटबाट लगानीकर्तालाई थप कर लगाउन लागेको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले शेयर कारोबारमा पनि व्यवसाय सरह नै कर लगाउन खोजेको भन्दै लगानीकर्ताहरु आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत लगानीकर्ताले अल्पकालिन र दीर्घकालिन लगानीकर्ताको लागि तोकिएको साढे ७ प्रतिशत र ५ प्रतिशत कार नै अन्तिम कर हुनुपर्ने माग गरेका छन्।

लगानीकर्ताले  लगानीकर्तामैत्री कर लागु गर, आमलगानीकर्ता एक हौ पूँजीबजार जोखिमको क्षेत्र हो ,पूँजीबजारमा ३९ प्रतिशत कर मान्दैनौ लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिरहेका छन्।

footwear zone

लगानीकर्ताले बिहीबारदेखि धितोपत्र बोर्ड, नेप्से तथा ब्रोकर एशोशियसनमामा ज्ञापन पत्र बुझाउदै आन्दोलन सुरु गरेका थिए।

 

You might also like

Comments are closed.