हिजोमात्रै प्रधानमन्त्रीलाई भेटेको लगानीकर्ता संघले भेट्यो गभर्नरलाई

समस्या समाधानका लागि सहजीकरण गर्ने गभर्नरको आश्वासन

काठमाडौं । नेपाल पुँजीबजार लगानीकर्ता संघका पदाधिकारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेका छन्।

सोमबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पुँजीबजारको समास्याबारे जानकारी गराएको संघले मंगलबार गभर्नर अधिकारीलाई भेटेको हो ।

भेटवार्तामा सेयर बजारको पछिल्लो अवस्था, ४ः१२ करोडको क्याप, सीडी र सीसीडी रेसियोलगायत विषयमा छलफल भएको संघकी अध्यक्ष राधा पोखरले जानकारी दिइन् ।

footwear zone

भेटमा गभर्नर अधिकारीले समग्र अर्थतन्त्रको अवस्थालाई ध्यान दिंदै समस्यालाई गम्भीररूपले लिएको बताउँदै समस्या समाधानका लागि सहजीकरण गर्ने आश्वासन दिएका छन् ।

 

You might also like

Comments are closed.