व्यवस्थित तवरले सिसी टिभी क्यामरा सञ्चालनका लागि सम्झौता

पोखरा । लेकसाइड क्षेत्रको सडक छेउमा जडित सिसी टिभी क्यामरा मर्मत सम्भारका लागि पोखरा पर्यटन परिषद् र स्काई लिङ्क टेक्नोलोजीविच एक वर्षे सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई र स्काई लिङ्कका प्रोपाइटर राजेन्द्र तिवारीले सोमबार एक समारोहका विच हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार लिंङ्कले आगामी एक वर्ष सम्म उक्त सिसी टिभी क्यामराको उचित रेखदेख तथा मर्मत सम्भार गर्नेछ ।

‘साना तिना समस्याका कारण क्यामरा नचल्दा पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण लेकसाइड क्षेत्रमा आपराधिक कृयाकलाप बढ्न सक्ने देखेर यो सम्झौता गरिएको’–परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले भने । मर्मत सम्भार गरेवापत लिङकले यो वर्ष ६५ हजार रुपैयाँ लिने छ । ‘विगत तीन वर्षदेखि हामीलेनै यहाँको क्यामरा हेर्दे आएका छौं, हामीसंग अनुभव पनि छ, राम्रो गर्ने हाम्रो प्रयास रहने छ’– लिङकका प्रोपाइटर राजेन्द्र तिवारीले सम्झौता समारोहमा प्रतिवद्धता जाहेर गरे ।

समारोहमा परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठ, महासचिव रामचन्द्र शर्मा, निवर्तमान अध्यक्ष चिरञ्जीवि पोखरेल, रेवान पोखराका उपाध्यक्ष नरेश भट्टराई, नेपाल पर्वतारोहण संघ, गण्डकीका अध्यक्ष शेषकान्त सर्मा, एगाका अध्यक्ष विश्वराज पौडेल, नाट्टा गण्डकी प्रदेशका प्रथम उपाध्यक्ष हरिराम अधिकारी, भिटोफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष नवराज अधिकारी वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी यादव ढकाल लगायतले सिसी टिभी क्यामराको महत्वका बारेमा प्रकास पारेका थिए ।

footwear zone

लेकसाइडको शहिदचोकदेखि खहरे, डिहिकोपाटन क्षेत्रसम्म २० वटा क्यामरा तथा चौतर्फी अवलोकन गर्ने तीनवटा क्यामरा जडान गरिएको छ । भर्खरैमात्र पोखरा पर्यटन परिषद्ले ६ लाख खर्चिएर यि क्यामराहरु मर्मत सम्भार तथा फेरवदल गर्दै चालु अवस्थामा ल्याएको हो । क्यामरा बिग्रदा लेकसाइड क्षेत्रमा आपराधिक कृयाकलाप बढ्न सक्ने भन्दै स्थानियहरुले चिन्ता व्यक्त गरेका थिए । यसैविच गोपिबहादुर भट्टराईले व्यक्तिगत तर्फवाट सोही समारोहका विच भिटोव र नाट्टाका लागि एक–एक वटा डिजिटल माइक्रोफोन सहयोग प्रदान गरे ।

You might also like

Comments are closed.