संघमा प्रवेश गरेर उद्योगी व्यवसायीहरुको सेवामा खटिनेछुः कुँवर

पोखरा । पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका युवा व्यवसायी ललित कुँवरले आफूले उद्योगी व्यवसायीहरुको हकहितका क्षेत्रमा काम गर्ने बताएका छन् । संघको कार्यसमितिमा प्रवेश गरेर निजी क्षेत्रको हित हुने गरी काम गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

संघको नेतृत्वलाई सफल बनाउन कार्यसमिति सदस्यको तर्फबाट पुर्याउनुपर्ने सम्पूर्ण योगदान आफ्नो ठाउँबाट गर्नेसमेत उनले बताए । सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय कुँवर लालुपाते कृषि फार्मको सञ्चालक हुन् । पर्यटन क्षेत्रमा होटल लुनामार्फत परिचित उनी आवास ट्रेडर्समार्फत खाद्यान्न व्यवसाय पनि सञ्चालन गरिरहेका छन् ।

संघको ३४औं महाधिवेशन यही भदौ २४ र २५ गते हुँदैछ । कुँवरले अध्यक्षका उम्मेदवार पवन प्रजापतीको प्यानलबाट उम्मेदवारी दिएका हुन् ।

footwear zone

You might also like

Comments are closed.