उद्यमी बनाउन तालिम

 

जनक श्रेष्ठ/लमजुङ । उद्यमी जन्माउने लक्ष्यसहित यहाँ सञ्चालित एक महिने झोला बनाउने तालीम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास कार्यालय लमजुङद्वारा राइनास नगरपालिमा यहाँका ११ जना महिलालाई प्रदान गरिएको एक महिने सिलाइकटाइ तालीम मङ्गलबार साँझ सम्पन्न भएको छ ।

“सीप सिकौँ स्वरोजगार बनौँ समृद्ध नेपालको निर्माण गरौँ” भन्ने नाराका साथ फागुन ९ गतेबाट शुरु गरिएको तालीमको समापन अवसरमा घरेलु तथा साना उद्योग विकास समितिका सूचना अधिकारी तथा प्रमुख प्रशिक्षक बन्दना आर्चायले पर्यटन लक्षित झोला बुनाइ तालीमले आर्थिक उपार्जनमासमेत सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

footwear zone

चालू वर्षमा सीप विकास कार्यक्रमअन्तर्गत दोर्दी गाउँपालिकामा नेपाली हस्तनिर्मित कागज बनाउने तालीम, १० दिने उद्यमशीलता विकास तालीम, जिल्ला कारागारमा कैदीबन्दीका लागि ४५ दिने प्लम्बिङ तालीम, सिलाइकटाइलगायतका कार्यक्रम सम्पन्न गरेको घरेलु तथा साना उद्योग विकास कार्यालय लमजुङले जनाएको छ ।

You might also like

Comments are closed.