लमजुङमा ४९ वटा घरेलु उद्योग खारेज

लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ ।

दर्ता गरेर उद्योग संचालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताए ।

उनका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ वटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७/२०७८ मा ३२, आव २०७६/२०७७ मा ११ र आव २०७५/२०७६ मा छ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

footwear zone

त्यस्तै वाणिज्यतर्फ आव २०७७/२०७८ मा ६१, आव २०७६/२०७७ मा २५ र आव २०७५/२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताए । उनले भने, “हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छांै तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।”

You might also like

Comments are closed.