‘शैक्षिक उद्यमशीलता पुरस्कार-२०२२’ बाट लक्ष्मण घिमिरे सम्मानित

काठमाडौं ।  कस्मिक इन्टरनेसनल एकेडेमीका अध्यक्ष र  विविध कन्सल्ट्यान्टका कार्यकारी निर्देशक लक्ष्मण घिमिरे ‘शैक्षिक उद्यमशीलता पुरस्कार-२०२२’बाट सम्मानित भएका छन् ।

दुबईमा एक कार्यक्रमका बीच  घिमिरेलाई प्रमुख अतिथि दुबई बिजनेस काउन्सिलका अध्यक्ष डा. आशिक अली, विशेष अतिथि दुबई सरकारका प्रतिनिधि एवं दुबईका सुरक्षा प्रमुख महमद हुसेन र मधेश विश्वविद्यालयका उपकुलपति प्रा.डा. दीपक शाक्यले संयुक्तरुपमा अवार्ड वितरण तथा सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा नेपाल भरका विभिन्न विद्यालय, क्याम्पस, तथा शैक्षिक प्रतिष्ठानहरुलाई ३४ विद्यामा र १६ जना व्यक्तिहरु सहित जम्मा ५० वटा अवार्डहरु वितरण गरिएको थियो । अंग्रेजी माध्यमबाट प्रकाशन हुने अंग्रेजी मासिक पत्रिका कलेज रिडर्सले उक्त पुरस्कार प्रदान गरेकोे हो ।

footwear zone

काठमाडौंको कोटेश्वरमा अवस्थित कस्मिक इन्टरनेसनल एकेडेमी गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको अग्रणी शैक्षिक संस्था हो । राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त यस क्याम्पसले विज्ञान, व्यवस्थापन, मानविकी लगायतका विषयमा टेन प्लस टु कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

 

 

You might also like

Comments are closed.