लक्ष्मी बैंकद्वारा अन्नपुर्ण केवलकार र द मुग्लान रेष्टुरेण्टसँग छुट सम्झौता

काठमाडौं । लक्ष्मी बैंक लिमिटेड र अन्नपूर्ण केवलकार प्रालि. (सेदीबगर, पोखरा) बीच छुट सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार लक्ष्मी बैंकका ग्राहकहरुलाई अन्नपूर्ण केवलकारमा १० प्रतिशतसम्म छुट हुनेछ । उक्त केवलकार पोखराको सेदीबगरदेखि सराङ्गकोटसम्म संचालनमा रहेको छ ।

त्यस्तै लक्ष्मी बैंक र पोखरा (सभागृह चोक) स्थित द मुग्लान रेष्टुरेण्ट एण्ड बारबीच पनि छुटसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार लक्ष्मी बैंकका ग्राहकहरुलाई द मुग्लान रेष्टुरेण्ट एण्ड बारमा १० प्रतिशतसम्म छुट हुनेछ । उल्लेखित छुटहरु ग्राहकहरुले लक्ष्मी बैंकको डेविट/क्रेटिड कार्डहरु, मोबाईल मनि तथा ईन्टरनेट बैंकिङलगायतका माध्यमबाट भुक्तानी पाउने छन् ।

लक्ष्मी बैंकका गण्डकी प्रदेश प्रमुख सन्दिप मानन्धर र अन्नपूर्ण केवलकार प्रालिका जेनेरल म्यानेजर दिनेश पौडेल तथा विजनेस डेभलपमेन्ट म्यानेजर सुनिता राणा र द मुग्लान रेष्टुरेण्ट एण्ड वारका संचालक पुष्पा थकालीले सम्झौता पत्रहरुमा हस्ताक्षर गरे ।

footwear zone

नेपाल राष्ट्र बैंकबाट ”क” वर्गको इजाजत प्राप्त वाणिज्य बैंकका रुपमा सर्वसुलभरुपमा अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको लक्ष्मी बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा तथा छुट दिने उद्देश्यले सम्झौता गरेको जनाएको हो ।

You might also like

Comments are closed.