काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान लक्ष्मी ग्रुप स्थापनाको ४८औं वर्ष प्रवेश गरेको छ । पुस ५ गते लक्ष्मी ग्रुपले ४८औं कर्पोरेट डे मनाएको छ ।
चक्लेट उत्पादनबाट नेपालमा व्यवसाय सुरुवात गरेको यो समूहले अहिले नेपालमा प्रतिष्ठित दजनौं उद्योग व्यवसायको नेतृत्व गरिरहेको छ ।
लक्ष्मी ग्रुपले विभिन्न व्यावसायिक आरोहअवरोह पार गरी नेपालको सामाजिक आर्थिक रुपान्तरणमा योगदान दिन सफल भएको बताउँछन् ग्रुपका कार्यकारी अध्यक्ष गणेशबहादुर श्रेष्ठ । ‘लक्ष्मी ग्रुपलाई स्थापित गराउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै सहयोग र सदभावको निरन्तर अपेक्षा गर्दछौं,’ उनले भने ।

लक्ष्मी ग्रुपले करिब २ दर्जन कम्पनीमार्फत झण्डै २ हजार जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।




Comments are closed.