४८औं स्थापना दिवसको अवसरमा लक्ष्मी ग्रुपद्वारा सामाजिक उत्तरदायित्वका विविध कार्यक्रम

काठमाडौं । सन् १९७३ मा लक्ष्मी मिठाई भण्डारमा मिठाई उत्पादनबाट व्यावसायिक यात्रा सुरु गरेको लक्ष्मी ग्रुपले आफ्नो ४८औं स्थापना दिवस विविध कार्यक्रमसहित मनाएको छ । लक्ष्मी ग्रुपले हरेक वर्ष पुस ५ गते आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

लक्ष्मी ग्रुप नेपालमा विश्वासिलो, स्थापित र व्यवस्थिपत कम्पनीको रुपमा सेवा, रोजगारी प्रदान गरिरहेको र ग्राहकहरुको माग पूर्ति गरिरहेको छ । लक्ष्मी ग्रपले ४८ वर्ष पुरा गरिरहदा कन्फेक्सनरी, डेरी, प्लाष्टिक, अटोमोबाइल, इलेक्ट्रिोनिक्स, स्टिल लगायत अन्य थुप्रै छेत्रमा लगानी गरिरहेको छ । भविष्यमा अन्य थुप्रै छेत्रमा लगानी गर्ने तयारीमा रहेको ग्रुपद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लक्ष्मी ग्रुप अन्तर्गतका सम्पूर्ण कम्पनीहरुबाट कर्मचारीहरुको उपस्थितिमा सोमबार स्थापना दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन र स्वागत मन्तव्य अध्यक्ष गणेश बहादुर श्रेष्ठले राखेका थिए । लक्ष्मी ग्रुपमा ५ देखि ४० वर्ष बिताएका कर्मचारीहरुलाई उक्त अवसरमा सम्मान गरिएको थियो । खेलकुद सप्ताहमा बिजेता खेलाडीहरुलाई सम्मान गरिएको थियो ।

footwear zone

ग्रुपले हरेक वर्ष पुष ५ लाई मध्यनजर गरेर समाजप्रति उत्तरदायी भएर विभिन्न सामाजिक कार्यहरु पनि गर्ने गरेको छ । यसैक्रमाम पुस ५ गते रक्तदान कार्यक्रम कार्यालयको परिसरमा सम्पन्न भयो । उक्त अवसरमा ६५ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।

लक्ष्मी ग्रुपले व्यवसायको सामाजिक उत्तरदायित्व अन्तर्गत भद्रकाली मन्दिर सरसफाई, मानव सेवा आश्रममा खाद्यान्न सामग्री, टोपी र मास्क वितरण, चिल्ड्रेन प्रोटेक्सन होम, सिफल र फ्युचर होप नेपाल, गोठाटारमा र पवित्र समाज सेवामा मिठाई, गिफ्ट, मास्क र स्टेसनरी सामान वितरण गरिएको ग्रपले जनाएको छ । यसैगरी Cerebral Palsy नेपालमा मिठाई, स्टेसनरी, डाईपर, मस्क, सेनिटाइजर गरी ४२ वटा सामग्रीहरु वितरण गरिएको छ ।

You might also like

Comments are closed.