लक्ष्मी ग्रुप ४७औं वर्षमा

 

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान लक्ष्मी ग्रुप स्थापनाको ४७औं वर्ष प्रवेश गरेको छ । चक्लेट उत्पादनबाट नेपालमा व्यवसाय सुरुवात गरेको यो समूहले अहिले नेपालमा प्रतिष्ठित दजनौं उद्योग व्यवसायको नेतृत्व गरिरहेको छ ।

‘लक्ष्मी ग्रुपले विभिन्न व्यावसायिक रोह अवरोह पार गरी नेपालको सामाजिक आर्थिक रुपान्तरणमा योगदान दिन सफल भएको छ,’ वार्षिकोत्सवको अवसरमा कार्यकारी निर्देशक अन्जन श्रेष्ठले भनेका छन्, ‘लक्ष्मी ग्रुपलाई स्थापित गराउन सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै सहयोग र सदभावको निरन्तर अपेक्षा गर्दछौं ।’

footwear zone

लक्ष्मी ग्रुपले करिब २ दर्जन कम्पनीमा १ हजार ७ सय भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

 

You might also like

Comments are closed.