काठमाडौं । लक्ष्मी लघुवित्तको २ नयाँ शाखा संचालमा आएका छन् । रामेछापको हिलेदेवी र उदयपुरको नेपालटारमा शाखा संचालमा आएका हुन् ।
संचालक समितिका सदस्य अमित शर्मा र संस्थामा प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा संस्थाका सामान्य प्रशासन विभाग प्रमुख दिलिप शर्मा, प्रदेश १ का प्रमुख भीम न्यौपाने, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, बौद्धिक वर्ग,स्थानीयबासी लगायत उपस्थित थिए ।

संस्थाका सेवा सुविधा तथा भावी रणनितीको वारेमा प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले जनाकारी गराएका थिए । हालसम्म संस्थाले करिव १ लाख घरपरिवारलाई सेवा प्रदान गरिसकेको छ ।




Comments are closed.