लक्ष्मी समुन्नत बचत खाता सञ्चालन, वार्षिक ब्याजदर ९.७५ प्रतिशत

काठमाडौं । राष्ट्रियस्तरको लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले लक्ष्मी समुन्नत बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त खाताको वार्षिक ब्याजदर ९ दशमलव ७५ प्रतिशत रहने लघुवित्तले जनाएको छ । यो खातामा बचत गरी ग्राहकले लाभ लिनसक्ने लघुवित्तले विश्वास लिएको छ ।

लक्ष्मी लघुवित्त स्मार्ट एपबाट ब्यालेन्स हेर्न सकिने, एकमुष्ठ वा नियमित बचत गर्न सकिने, संस्थाको जुनसुकै शाखाबाट रकम जम्मा गर्न र झिक्न सकिने, छुट्टै चेक बुक उपलब्ध हुने, जतिसुकै रकमबाट पनि खाता खोल्न सकिने लघुवित्तले जनाएको छ ।

बचतकर्तालाई ३/३ महिनामा ब्याज प्रदान हुनेछ ।

footwear zone

You might also like

Comments are closed.