धुलिखेलमा लक्ष्मी लघुवित्तको व्यवस्थापन सम्मेलन

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले काभ्रेको धुलिखेलमा केन्द्रीय कार्यालयका व्यवस्थापन समूहसहित ९० वटा शाखा प्रमुखहरुको उपस्थितीमा २ दिने व्यवस्थापन सम्मेलन शुरु भएको छ ।

शनिबारबाट शुरु भएको सम्मेलनको संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले पानसमा दीप प्रज्वलन गरी विधिवत शुभारम्भ गरेका हुन् । उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत शर्माले देशको वर्तमान आर्थिक ब्यवस्थालाई ध्यानमा राख्दै विधमान तरलता समस्यालाई आत्मसात् गर्दै चालु आव २०७८/७९ को समिक्षासहित आगामी आव २०७९/८० को लागि ब्यवस्थापकिय रणनिति तथा कार्ययोजना तर्जुमा गर्नुपर्ने र तरलता ब्यवस्थापनको लागि दिगो स्रोतको पहिचान गर्नुपर्ने बताए ।

वस्तु परिस्थिती अनुकूल रहि रणनैतिक योजना तयार पारी समितित स्रोतबीच लक्ष्य हासिल गर्नुपर्ने आजको आवश्यकता रहेको र स्रोतको उच्च सुदुपयोगलाई ध्यान दिनुपर्ने शर्माको भनाई छ । ‘डिजिटल लघुवित्त हाम्रो सपना’ लाई मूर्त रुप दिन आगामी कार्ययोजना डिजिटल यात्रामा अग्रसर गर्न शर्माले थप मार्गदर्शन प्रदान गरेका थिए ।

footwear zone

चुक्ता पुँजी ३८ करोड ४० लाख ५४ हजार रुपैयाँ रहेको लक्ष्मी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा नं.३ कपनमार्ग महाराजगंजमा रहेको छ । वित्तीय संस्थाले हाल ७ वटा प्रदेशमा ५७ वटा जिल्लामा सञ्चालित ९० वटा शाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।

लघुवित्तले ग्राहकलाई छिटोछरितो, विश्वासिलो, भरपर्दो र न्यून लागतको प्रविधिमैत्री डिजिटल सेवाहरु प्रदान गर्न ई–सेवा, ConnectIPS, Khalti / Laxmi Laghubitta Apps कार्यान्वयनमा ल्याईसकेको छ भने, ग्राहकहरुको सुविधालाई ध्यानमा राखी यसै आवभित्र मोवाईल बैंकिङ सेवा सुविधाको प्रारम्भ गर्ने योजना छ ।

You might also like

Comments are closed.