काठमाडौं । लक्ष्मी लघुवित्तले आधुनिक बैंकिङ सुविधासहित लक्ष्मी लघुवित्त मोबाइल पैसा सेवा शुभारम्भ गरेको छ ।
नेपालमा संचालित लघुवित्त संस्थाहरु मध्ये लक्ष्मी लघुवित्तले भुक्तानी सेवा प्रदायकको कार्य गर्न नेपाल राष्ट्रबैंकबाट पहिलो पटक लाइसेन्स प्राप्त गरी उक्त सेवा सुरु गरेको हो ।
लक्ष्मी लघुवित्तले देशका सातै प्रदेशमा ९० ओटा शाखाबाट सेवा प्रदान गरिरहेको । लघुवित्तले आफ्नो सेवालाई समय सापेक्ष र प्रविधिमैत्री बनाउँदै अगाडि बढिरहेको छ ।

पछिल्लो समय सुरु भएको ‘मोबाइल पैसा सेवा’बाट धेरै सेवाग्राही लाभान्वित हुने लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले विश्वास व्यक्त गरे ।




Comments are closed.