काठमाडौं । लुम्बिनी विकास बैंक लि. ले पोखराको लेकसाइडमा अवस्थित कुटि रिसोर्ट प्रा. लि. मा आफ्ना ग्राहकलाई विभिन्न सेवा तथा सुबिधाहरुमा छुट दिनको लागि सम्झौता गरेको छ । कुटि रिसोर्ट प्रा. लि. पोखराको लेकसाइडमा छ ।
बैंकका ग्राहकलाई कुटि रिसोर्टका विभिन्न सेवा तथा सुबिधाहरुमा २५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौतामा उल्लेख छ । कुटि रिसोर्ट प्रा. लि. को विभिन्न सेवा तथा सुबिधाहरु अन्तर्गत ग्राहकले खाना तथा बस्न, जिम तथा स्वास्थ्य क्लब, स्विमिङ पुल, स्पा तथा साउनाको आनन्द लिन सक्ने छन् ।
सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट मुख्य प्रबन्धक दीपक खनाल र कुटि रिसोर्ट प्रा. लि. को तर्फबाट मेनेजिङ डाइरेक्टर देबेन्द्र के.सी.ले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा’ नाराका साथ देशभरका ७२ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करिब २ लाख ७४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।




Comments are closed.