काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले एकै साथ थप नयाँ दुई शाखा कार्यालय उद्घाटन गरेको छ । ८० औँ शाखा काठमाडौंको कलंकीमा र ८१ औँ शाखा नुवाकोटको बिदुर नगरपालिका–२, स्थित बट्टारमा उदघाटन गरिएको हो ।
बैंकको कलंकी शाखाको उद्घाटन बिकास बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालले तथा बट्टार शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र नुवाकोट उद्मोग वाणिज्य सघंका अध्यक्षतारा बहादुर कार्कीले संयुक्त उद्घाटन गरेका थिए ।
बुधबार खोलिएको दुई शाखा सहित यस बिकास बैंकले देशको ७ वटै प्रदेशमा ८१ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कपिलवस्तुको चन्द्रौटा,बर्दियाको ताराताल,कैलालीको लम्की र मसुरिया एवं कंचनपुरको बाणी समेत गरी थप ५ शाखा खोल्नको लागी तयारी गरेको बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पवन ढकालले जानकारी दिए ।

बैंकले “निरन्तर सहयात्रा ” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।
ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।




Comments are closed.