पोखरा । लुम्बिनी विकास बैंक लिमिटेडले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्देश्यले पोखरामा वित्तीय जनचेतना मूलक प्रभातफेरी गरेको छ । विभिन्न वित्तीय साक्षरता सम्वन्धित जनचेतना मूलक गतिविधिहरु गर्दै आइरहेको बैंकले पोखरामा प्रभातफेरी गरेको हो ।
बैंकको पोखराको न्यूरोड शाखाबाट सुरु भएको प्रभातफेरी कार्यक्रम चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक हुदै पुन न्यूरोड शाखामा आएर समापन भएको थियो । प्रभातफेरीमा बैंकको पोखरा शाखाहरु तथा बैंकको केन्द्रीय कार्यालयबाट समेत कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्दै बैंकको सञ्चालक समितिका अध्यक्ष दसरथ रिसालले सबैको पहुँचमा बैंक पु¥याउने उद्देश्यले कार्यक्रमको आयोजना गरेको बताए । उनले गाउँमा हैन शहरमा पनि बैंकको पहुँच बाहिर रहेको बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिहं बोहराले सर्वसाधारणहरुमा वित्तीय पहुचको विस्तार होस् भन्ने उद्धेश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको बताए । लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ देशभरका विभिन्न शाखाहरुबाट ग्राहकलाई उच्च स्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्दै आईरहेको बैंकका पोखरा न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकालले जानकारी दिए ।




Comments are closed.