लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

नवनियुक्त अध्यक्ष प्रविण कृष्ण श्रेष्ठले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिना समक्ष बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पु¥याए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आएका छन् । उनको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।

footwear zone

शपथ ग्रहणको अवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट, निर्देशक बुद्धराज शर्मा, लुम्बिनी विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहरा लगायत उपस्थित थिए ।

 

You might also like

Comments are closed.